Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा


  • 1.9K
    Shares

    • images
    मधेश प्रदेशका पूर्व प्रमुख अहिराजले बलात्कार पीडित युवतीविरुद्ध नै हाले मुद्दा

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन् । बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले बुधबार काठमाडौं जिल्ला अदालतमा बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।

    अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको सर्वोच्च अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले  जानकारी दिए । उनका अनुसार धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी गर्दै अहिराजले मुद्दा दायर गरेका हुन् ।

    सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दर्ता भएको अहिराजले दायर गरेको मुद्दामा उल्लेख छ । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि जिल्ला अदालतमा मुद्दा दायर भएको दोस्रो दिन अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दर्ता गराएका हुन् ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको पीडित युवतीको आरोप लगाउदैँ मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको दायर गरेको मुद्दामा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १६:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij