Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक


  • 932
    Shares

    • images
    काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२\८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । 

    यस चरणमा विज्ञानमा ४१४ जना,  व्यवस्थापनमा १०६ जना,  मानविकी एक जना,  शिक्षा सङ्कायमा तीन जना  र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ ।

    कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो । मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकता क्रम र कोटाका आधारमा दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो । 

    मनोनयन भएकाले यही साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने छ । तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञवालीले जानकारी गराएका छन् । पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागको भनाइ छ ।

    मनोनयन सूची योग्यता क्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा तयार गरिएको छ । छनोट भई पढ्नका लागि सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ । आरक्षण कोटामा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन् । 

    विसं २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कूल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए । प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ गतेमा प्रकाशित भएको थियो । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १६:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij