Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या


  • 1.3K
    Shares

    घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या
    images

    काठमाडौं । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।  

    अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१\८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिए । यसमध्ये चार हजार ३८३ ९५२ दशमलव ४५ प्रतिशत० को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२.२६ प्रतिशत) को जटिल प्रसूति भएको थियो ।

    अघिल्लो आव २०८०\८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९\८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । डा.पोखरेलले भने- ‘केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए । अहिले क्रमशः घट्ने क्रममा गएको छ ।’ देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उनले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताए ।

    विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा।पोखरेल पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताए ।

    उनले भने, ‘नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।’ निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उनको भनाइ छ । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १५:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij