Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ


  • 1.2K
    Shares

    एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

    काठमाडौं । भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई विदाई गरिएको छ।

    भुटानमा अगस्ट ६ देखि ११ सम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको हो ।

    अखिल नेपाल फुबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले बिदाई गरेका छन् ।

    प्रतियोगितामा नेपाल समूह ए मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया रहेका छन् ।

    उमेर समूहको विश्वकि जितिसकेको उत्तर कोरिया सबैभन्दा बलियो टोलीको रुपमा छ । नेपालले उत्तर कोरिया जस्तो बलियो टिमसँग खेल्दा अनुभव हासिल गर्ने मौका हुने एन्फाको विश्वास रहेको छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १५:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij