२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ४७.९३ अंकले घटेर २,९५४ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२७ कम्पनकिो ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको १ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन म्युच्युअल फण्ड र अन्य समुह बाहेक सबै समुहका उपसूचकहरू राताम्य बनेको छे। आज माइक्रोफाइनान्स समुह ३.६४, विकास बैंक समुह ३.३४ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स २.८७, व्यापार समु्रह २.४५ र होटल तथा पर्यटन २.२७ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij