Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

राजनीति

कांग्रेस बागमती संसदीय दलको मतदान सुरु

कांग्रेस बागमती संसदीय दलको मतदान सुरु


  • 1.1K
    Shares

    कांग्रेस बागमती संसदीय दलको मतदान सुरु
    images

    काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान सुरु भएको छ।

     बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु भएको हो। दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा चुनावी मैदानमा छन्। 

    गत शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए। दलको नेता चयनका लागि आज मतदान हुन लागेको हो।

    कुल ३७ सांसद रहेको बागमतीमा २२ सांसद बानियाको पक्षमा छन् भने १५ सांसद लामाको पक्षमा रहेका छन्। दलको नेताका लागि बहुमत पुर्‍याउन उनलाई सांसदको मत आवश्यक पर्छ। मतदान प्रक्रिया ३ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठको भनाई छ। मतदान सम्पन्न लगत्तै मतगणना सुरु हुनेछ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १३:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij