Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’

‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’


  • 932
    Shares

    • images
    ‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’
    images

    काठमाडौं । नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भारी वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठुलो भएको छ । 

    तर देशभरका कुनैपनि ठुला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् । यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठुला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन । 

    आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ । साना नदीहरूमा ठुलो पानी पर्दा ठुलो बाढी आउन सक्ने उनले बताए । आज पनि गण्डकी, कर्णाली र बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान रहेको बताए ।

    पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको उनले बताए । हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने उनको भनाइ छ ।  

    जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताए । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठुलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन उनले आग्रह गरे । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १२:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij