Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आइपीओ निष्काशन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आइपीओ निष्काशन गर्ने


  • 1.3K
    Shares

    • images
    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आइपीओ  निष्काशन गर्ने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा। मनिष थापाले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३०,००,००,००० रकम बराबरको ३०,००,००० कित्ता आइपओि बिक्री गर्ने जनाएको छ ।नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो । जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ ।

    ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो । 

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ ।

    यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरु हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स का साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी ले प्रवर्धन गरेका छन् ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - ११:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij