Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

राजनीति

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र बहादुरसिंहको उम्मेवारी

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र बहादुरसिंहको उम्मेवारी


  • 603
    Shares

    बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र बहादुरसिंहको उम्मेवारी
    images

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।

    कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन् ।

    हिजो गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।

    उम्मेदवारको प्रारम्भिक नामावली  ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १०:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij