Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु 

चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु 


  • 6.0K
    Shares

    चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु 

    झापा । पानीसँगै परेको चट्याङ लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक असई ४५ वर्षीय महादेव ठाकुर रहेको  जिल्ला प्रहरी प्रवक्ता  डिएसपी राकेश थापाले जानकारी दिएका छन् । 

    मृतक प्रहरी  किचकवध प्रहरी चौकीमा कार्यरत थिए । सोमबार राति करिब ९ः४५  बजे झापाका विभिन्न भूभागमा हावाहुरीसहित पानी परेको थियो ।

    सोही समयमा ड्युटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर ओत लागेका थिए । सोही बेला परेको चट्याङ लाग्दा असई गम्भीर घाइते भएका थिए ।

    घाइते ठाकुरलाई  उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल पुर्याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको डीएसपी थापाको जानकारी दिएका छन् ।
      
    असई ठाकुर महाभारा प्रहरी चौकीमा दरबन्दी रही किचकबध प्रहरी चौकीमा कार्यरत थिए । उनी एक महिना अघिमात्र काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए ।

    उनी मोरङ जिल्ला विराटनगरका स्थायी वासिन्दा हुन् । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शव मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारलाई  बुझाइने प्रवक्ता थापाले जनाएका छन् ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १०:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij