Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रिय सभा

आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने


  • 911
    Shares

    • images
    आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। 

    बुधबार दिउँसो सवा १ बजे बैठक बस्दे बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्रीले सम्बोधनसहित जवाफ दिने छन्।

    आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ।

    यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा अध्यक्षले बैठकमा जानकारी गराउने छन्। ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १०:१९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij