२०८२ चैत्र १ गते आइतवार
कैलाली । कैलालीमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना संक्रमणको कारण थप ६ जनाले ज्यान गुमाएका छन् ।
सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराति ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका- ७ की ७७ वर्षीया महिला र वडा नम्बर -१३ का २२ वर्षीय युवा, कञ्चनपुरको भिमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ का ६६ वर्षीय पुरुष, बझाङका २६ वर्षीय युवा र बर्दियाका ३० वर्षीय युवाको सेती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
१२ घण्टाको फरकमा ज्यान गुमाउने ६ जना सबैमा कोरोना संक्रमण रहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij