Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भोटेकोशीमा फेरी बाढी आएपछि रसुवामा उच्च सतर्कता, कस्तो छ आज देशभरको मौसम पूर्वानुमान ?

भोटेकोशीमा फेरी बाढी आएपछि रसुवामा उच्च सतर्कता, कस्तो छ आज देशभरको मौसम पूर्वानुमान ?


  • 932
    Shares

    • images
    भोटेकोशीमा फेरी बाढी आएपछि रसुवामा उच्च सतर्कता, कस्तो छ आज देशभरको मौसम पूर्वानुमान ?
    images

    रसुवा । भोटेकोशी नदीमा फेरी बाढी आएको छ । भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ । 

    यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।   

    मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।

    हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लु्म्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरको छ । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - ०६:३४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij