Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

युवतीको बयान- कोठाको चुकुल लगाए, बिन्ती गर्दा समेत मुख थुन्दै जबर्जस्ती बलात्कार गरिरहे

युवतीको बयान- कोठाको चुकुल लगाए, बिन्ती गर्दा समेत मुख थुन्दै जबर्जस्ती बलात्कार गरिरहे


  • 5.3K
    Shares

    • images
    युवतीको बयान- कोठाको चुकुल लगाए, बिन्ती गर्दा समेत मुख थुन्दै जबर्जस्ती बलात्कार गरिरहे
    images

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ ।

    ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । अहिराजविरुद्ध एक युवतीलाई बलात्कार गरेको आरोप छ ।

    आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । उनीहरूबीच पहिल्यै चिनजान थियो ।

    उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    एक्लै भएको मौकामा बलात्कार

    पीडित युवतीले आफूमाथि एक्लै भएको मौकामा अहिराजले बलात्कार गरेको बताएकी छिन् । नजिकका नातेदारबाट अहिराजसँग चिनजान भएको भनाइ छ । चिनजान भएकाले अहिराज आफ्नो घरमा बेला–बेला आउने गरेको पनि उनले बयानका क्रममा भनेकी छिन् ।

    त्यतिबेलादेखि नै उनी आफूसँग नजिक हुन खोजेको पीडित युवतीले बताएकी छिन् । विराटनगर बस्ने ती युवती केही समयपछि अध्ययनका लागि काठमाडौं आएकी थिइन् । बानेश्वरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् । आफ्नै कोठामा आएर अहिराजले बलात्कार गरेको उनले बताएकी छिन् ।

    ‘म काठमाडौं आएको थाहा पाएपछि बानेश्वरस्थित मेरो डेरागरी बसेको कोठामा पनि आउने जाने गर्न थाल्नु भयो । मेरो बुवा आमा घरपरिवारका सम्पूर्ण सदस्यसँग उनको राम्रो चिनजानी भएको फाइदा उठाई कुनियत राखी ४ जेठ २०८१ गतेका दिन ममाथि बलात्कार भयो,’ पीडित युवतीको भनाइ छ ।

    कोठामा एक्लै बसेका बेला ‘जरुरी कुरा गर्नुछ, तपाईंको परिवारबाट सन्देश ल्याएको छु’ भन्दै अहिराज ती युवतीको कोठामा गएको अनुसन्धानका क्रममा पाइएको छ ।

    ‘के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो । म एक्लै भएको ठाउँमा किन आउनु भएको भनी मैँले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस भन्नु भयो,’ पीडित युवतीको बयान छ । पानी दिए लगत्तै कोठाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार भएको पीडित युवतीले बताएकी छिन् ।

    ‘मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई विस्तारामा पछार्नु भयो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु,’ युवतीले बताएकी छिन् ।

    मार्ने धम्की दिँदै आफ्नो अस्मिता लुटेको युवतीको भनाइ छ । ‘तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तलाईं कसले मार्‍यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ युवतीले प्रहरीसमक्ष भनेकी छिन्, ‘लगातार करणी पश्चात मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो । अब छोडिदिनुहोस् भनि पटक–पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जबर्जस्ती करणी गरिरहे ।’

    बलात्कारपछि कुरा बाहिर ल्याएर उल्टै मधेशी समुदायले बहिष्कार गर्ने धम्की दिएको पनि युवतीले बताएकी छिन् ।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १७:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij