Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

निषेधाज्ञा समयमा ट्राफिक जाम, पूर्ण रोक लगाउने तयारी

निषेधाज्ञा समयमा ट्राफिक जाम, पूर्ण रोक लगाउने तयारी


  • 8.5K
    Shares

    निषेधाज्ञा समयमा ट्राफिक  जाम, पूर्ण रोक लगाउने तयारी

    निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो ।  आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । 

    अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक  प्रहरी महाशाखाले दिएको  छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको  सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ  उपत्यकाको  चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र  कलङ्कीलगायतका क्षेत्रमा  बिहानको  समयमा ट्राफिक  जाम  हुने  गरेको  छ । जामका  कारण सुरक्षाकर्मीलाई  समेत  अत्यावश्यक  सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ । 

    यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - ०८:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij