२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । समाजवादी मोर्चाले सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
मङ्गलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन् ।
समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ’, उनले भने, ‘अर्को देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔँ भन्ने निर्णय गर्यो ।’
यस्तै भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाऔँ । देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय भएको उनले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij