Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मिसन

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता


  • 813
    Shares

    • images
    इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता
    images

    काठमाडौंं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराक स्थित युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराक (युनामी) मा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन्। 

    त्यहाँ कार्यरत शान्ति सैनिकको अन्तिम २७ जनाको टोली आज प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको हो।

    शान्ति सैनिकलाई क्रमिक रुपमा फिर्ता गरी आगामी पुस १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको ट्रान्सिसन एन्ड लिक्विडेसन योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली टोलीमध्ये प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फर्केको टोली अन्तिम हो। 

    संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट असार २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन्।   

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १५:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij