२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३०.४९ अंकले बढेर ३००१ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन विकास बैंक र फाइनान्स समुह घट्दा यस बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । आज अन्य समुह २.६९, माइक्रोफाइनान्स १.५७, बैंकिङ १.१४, लगानी १.०९ र नीर्जीवन बीमा १.०८ प्रतिशत बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij