Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान


  • 1.8K
    Shares

    बैंकहरुको मुद्दति निक्षेपमा  २ अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करीब तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको हो ।

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ३४ करोड ४ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४३ करोड ८७ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरु १४ करोड ६२ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जानकारी दिएको छ ।

    आगामी अगष्ट ११ गतेदेखि २०२६ को आगष्ट ११ सम्म ३६६ दिनका मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

    निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्ने छन् ।

    निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी साउन १४ गते गते राती १२ बजेसम्म बोलकबोल पेश गर्नु पर्ने बैंकले जानकारी दिएको छ । 

    मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    download.png

    images
    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १३:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij