Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

स्थानीय तहको बैंक खाता खोल्न राष्ट्र बैंकको थप स्वीकृति नचाहिने

स्थानीय तहको बैंक खाता खोल्न राष्ट्र बैंकको थप स्वीकृति नचाहिने


  • 1.7K
    Shares

    स्थानीय तहको बैंक खाता खोल्न राष्ट्र बैंकको थप स्वीकृति नचाहिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अब स्थानीय तह समिति, बोर्ड र कोषको बैंक खाता खोल्न थप स्वीकृति नचाहिने व्यवस्था गरेको छ । 

    स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरूमा खाता खोल्न राष्ट्र बैंकबाट अतिरिक्त स्वीकृति लिनु नपर्ने भएको हो। 

    केन्द्रीय बैंकले आइतबार जारी गरेको परिपत्रमा स्वीकृत वाणिज्य बैंकहरूलाई यस व्यवस्था लागू गर्न निर्देशन दिएको छ। 

    यसअघि, खाता सञ्चालन गर्नका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो । 

    सरकारी कार्यव्यवहार निर्देशिका २०७५ को दोस्रो संशोधन, २०७९ बमोजिम, स्थानीय तहका समिति, बोर्ड, कोषका खाताहरू वाणिज्य बैंकमा खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक पर्ने प्रावधान रहेकोमा अब त्यस्तो स्वीकृति वाणिज्य बैंकबाट नै लिन सकिने स्पष्ट गरिएको छ।

    परिपत्रमा भनिएको छ, “ग-५.२ स्थानीय तह समिति, बोर्ड, कोष खाता सम्बन्धमा सम्बन्धित बैंकले आवश्यक कार्यवाही गरी खाता सञ्चालन गर्न सकिने छ।”

    राष्ट्र बैंकले यस निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जानकारी गराएको छ।

    bank-news_6kSt6hQ3xj.jpg

    images
    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १२:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij