Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिन्धुलीबाट बेपत्ता १६ जना पोखराको होटलमा भेटिए

सिन्धुलीबाट बेपत्ता १६ जना पोखराको होटलमा भेटिए


  • 1.8K
    Shares

    • images
    सिन्धुलीबाट बेपत्ता १६ जना पोखराको होटलमा भेटिए
    images

    काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे ।

    गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान थालेको थियो ।

    घटनाक्रम पछ्याउँदै जाँदा प्रहरीले उनीहरु पोखराको लेकसाइडस्थित एक होटलमा गएर बसेको सूचना पायो । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।

    उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका बताए । उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।

    कास्कीका प्रहरी उपरीक्षक(एसपी) श्यामबावु ओलियाले पोखराको गगन गौंडा स्थित चन्द्र भण्डारीको घरमा ४ जना हायू परिवारका सदस्यहरू भेटिएको बताए । उनले भने, ‘चार जना एउटा घरमा बसेको खबर आएपछि त्यहाँ प्रहरी टोली पठाएको छु ।’ 

    यसअघि करिब ४ महिना पहिलेदेखि काठमाडाैँमा श्रीमान्‌सँग बस्दै आएकी उर्मिला हायूकी माइली छोरी २१ वर्षीया सुजता हायू प्रहरीकाे सम्पर्कमा आएकी थिइन् । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ । 

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - २०:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij