२०८२ चैत्र १ गते आइतवार
सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।
मंगलबार फेरि बैठक बसेर यसबारे निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। सो बैठकमा कोरोना महामारीले पारेको असरबारे छलफल हुने बताइएको छ । उपत्यकाका तीन जिल्लामा आगामी २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रधानमन्त्री ओलीले पनि सोमबार सम्बोधनका क्रममा निषेधाज्ञालाई थप कडाइ गर्ने घोषणा गरेका छन्। भोलिको बैठकले निषेधाज्ञाको समयावधि थप्ने र कडाइ गर्ने सम्भावना छ ।
मन्त्रिपरिषद्को निर्णयमा सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने उल्लेख छ ।
उपत्यकामा १६ गते बिहानदेखि निषेधाज्ञा जारी छ। कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा थप कडा र लम्बिने देखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij