२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सिन्धुलीको गालन्जोर-६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट घर छेउसम्म पुगेको पाइएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको छ ।
चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार प्रयोग गर्ने गर्छन् ।
अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको बताएका छन्।
र्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij