२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा म्युचुअल फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले सिटिजन्स सदाबहादर योजना, एनएमबि सरल बचत फन्ड-ई र नबिल फ्लेक्सी क्याप फन्डलाई थप इकाइ निष्कासन गर्न अनुमति दिएको हो। यी ३ वटै म्युचुअल फन्ड खुलामुखी योजना रहेका हुन्।
कोष प्रवर्द्धक एनएमबि क्यापिटल रहेको एनएमबि सरल बचत फन्ड-ईको १० रुपैयाँ अंकित दरका थप २ करोड इकाइ जारी गर्न अनुमति पाएको छ।
त्यसैगरी सिटिजन्स क्यापिटल कोष प्रवर्द्धक रहेको सिटिजन्स सदाबहादर योजनाको १० रुपैयाँ अंकित दरका थप १ करोड २५ लाख इकाइ रहेको छ ।
नबिल इन्भेस्टमेन्ट बैंकिङ कोष प्रवर्द्धक रहेको नबिल फ्लेक्सी क्याप फन्डको १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij