Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गोरखामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.8K
    Shares

    गोरखामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    गोरखा । गोरखामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्लाको आरुघाट, भीसेनथापा, शहिदलखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरी सोमबार २१ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

    निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार आरुघाट गाउँपालिका ८ मा ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ८ मा १ जना पुरुष र पालुङटार नगरपालिका ५ मा १ जनामा महिलामा पनि संक्रमण पुष्टी भएको छ । आज संक्रमण देखिएका मध्ये सबै भन्दा बढी शहिदलखन गाउँपालिकामा देखिएको छ ।

    शहिद लखन गाउँपालिकाको ३ वटा वडामा १४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । शहिद लखन गाउँपालिका ६, ८ र ९ मा गरी १४ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये ७ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १८:३९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij