२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सम्पर्कविहीन सिन्धुलीको एक परिवारका १६ जना यही साउन ९ गते रामेछाप पुगेको खुलेको छ । उनीहरू रामेछाप पुगेको ‘लोकेसन’ देखिएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवार कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएको थियो । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
“सम्पर्कविहीन परिवारको खोजीकार्य जारी छ भने ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ,” एक प्रहरी अधिकृतले बताएका छन् ।
उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij