Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बेपता हायु परिवार

सिन्धुलीका १६ जना सम्पर्कविहीन हायु परिवारको ‘लोकेसन’ रामेछापमा देखियो

सिन्धुलीका १६ जना सम्पर्कविहीन हायु परिवारको ‘लोकेसन’ रामेछापमा देखियो


  • 2.7K
    Shares

    • images
    सिन्धुलीका १६ जना सम्पर्कविहीन हायु परिवारको ‘लोकेसन’ रामेछापमा देखियो

    काठमाडौं । सम्पर्कविहीन सिन्धुलीको एक परिवारका १६ जना यही साउन ९ गते रामेछाप पुगेको खुलेको छ । उनीहरू रामेछाप पुगेको ‘लोकेसन’ देखिएको प्रहरीले जानकारी दिएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवार कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएको थियो । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

    “सम्पर्कविहीन परिवारको खोजीकार्य जारी छ भने ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ,” एक प्रहरी अधिकृतले बताएका छन् ।

    उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’

    प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १५:०९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij