२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ ।
नेप्से परिसूचक २.०७ अंकले घटेर २,९६२ को विन्दुमा कायम भएको छ । बजार उत्तरचढावका बीच अन्तिममा घटेर बन्द भएको हो ।
आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको शेयर मूल्य घटेको छ ।दिनभरिमा ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज विकास बैंक ३.०४, व्यापार समुह ३.२४, फाइनान्स २.७५ , उत्पादन तथा प्रशाेधन १.७१ प्रतिशत बढ्दा अन्य समुह राताम्य बनेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij