Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आत्महत्याको चेतावनीपछि अनिल सिंहसँग म्युजिक डटकमले गर्‍यो सम्झौता

आत्महत्याको चेतावनीपछि अनिल सिंहसँग म्युजिक डटकमले गर्‍यो सम्झौता


  • 764
    Shares

    • images
    आत्महत्याको चेतावनीपछि अनिल सिंहसँग म्युजिक डटकमले गर्‍यो सम्झौता
    images

    काठमाडौं । गायक अनिल सिंह र म्युजिक डटकमबीच गीतको कपीराइट र रोयल्टीका विषयमा सम्झौता भएको छ । म्युजिक डटकम र म्युजिक नेपालले आफ्नो करिअर बर्बाद गरेको र आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको भन्दै सिंहले सामाजिक सञ्जालमा आर्तनाद बिलौना गरेपछि कम्पनी सम्झौतामा आएको हो ।

    सिंहका अनुसार अब उनले आफ्ना गीतहरूको अडियो आफूले चाहेको अवस्थामा प्रयोग गर्न सक्छन् । ‘कतिसम्म अप्ठ्यारो थियो भने मैले मेरै गीतहरू प्रयोग गर्न पाइरहेको थिइनँ ।

    आफ्नै गीत प्रयोग गरेका कारण कपीराइट लाग्यो, मेरो इन्स्टाग्राम आईडी ह्याक भयो । मेरो युट्यूव च्यानलमा १९ हजार सब्सक्राइबर्स थिए, त्यो पनि कपीराइट हानेर उडाइदिए,’ सिंहले भने, ‘उहाँहरूको ट्र्याकिङ सिस्टम हुँदो रहेछ । मैले कन्सर्टहरूमा गएको गीतहरू पनि मेरो साइटबाट हटाइदिन्थे । भिडिओ चल्थ्यो, तर साउन्ड आउँदैनथ्यो ।’

    आजबाट यो समस्याको समाधान भएको सिंहले बताए । अब म्युजिक डटकमसँग भिडिओको मात्रै कपीराइट हुनेछ भने सिंहले मज्जाले आफ्नो अडियो प्रयोग गर्न पाउनेछन् । अब आफ्ना पुराना गीतहरूको नयाँ भिडिओ निर्माण गरेर सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने कुराले मात्रै ठूलो खुसी मिलेको सिंहले बताए ।

    ‘डिजिटल प्ल्याटर्फममा मैले केही गर्न पाएको थिइनँ । अब पाउने भएँ,’ उनले भने, ‘म्युजिक डटकमसँग सम्झौता भएपछि म्युजिक नेपालले कपीराइट हाल्न पाउँदैन ।’

    म्युजिक डटकम र सिंहबीच म्युजिक नेपालबाट प्राप्त रोयल्टी आधा-आधा बाँड्ने सम्झौता भएको थियो । उनका अधिकांश गीतहरू म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएका छन् । अब तिनै गीतहरूको आडियो सिंहले सहजै बिनाकपीराइट प्रयोग गर्न पाउनेछन् ।

    आफूलाई म्युजिक भिडिओ र म्युजिक नेपालले मर्न बाध्य पारिरहेको आरोप सिंहले लगाएका थिए । म्युजिक नेपाल र म्युजिक डटकमका कारण आफू हाइ डिप्रेसनमा रहेको उनको भनाइ थियो । सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’ जस्ता सुपरहिट गीतहरू छन् ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १४:२२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij