२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । कानुन समूहका दुई जना महिला सहसचिव सचिवमा बढुवासँगै पदस्थापन भएका छन् । सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानुन समूहका सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा गरेको हो ।
उनीहरूको पदस्थापन समेत भएको छ । निर्मला बढुवापछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको रूपमा पदस्थापन भएको छ भने इन्दिरा नेपाल कानुन आयोगको सचिवमा पदस्थापन भएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij