Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिफारिस

न्याय समूहका एक सचिवसहित १७० कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

न्याय समूहका एक सचिवसहित १७० कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)


  • 1.0K
    Shares

    • images
    न्याय समूहका एक सचिवसहित १७० कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय सेवातर्फ ४ सहसचिव सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    जसमा सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन भएका छन् ।

    यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगको कायममुकायम सचिव निर्मला अधिकारी सचिव बढुवा भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमै पदस्थापन भएकी छन् । यस्तै निर्वाचन आयोगका सहसचिव निर्मला दाहाल सचिवमा बढुवा भएर नेपाल कानून आयोगको सचिवमा पदस्थापन भएकी छन् ।

    आयोगको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।

    बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - १२:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij