२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । न्याय सेवातर्फ ४ सहसचिव सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जसमा सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन भएका छन् ।
यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगको कायममुकायम सचिव निर्मला अधिकारी सचिव बढुवा भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमै पदस्थापन भएकी छन् । यस्तै निर्वाचन आयोगका सहसचिव निर्मला दाहाल सचिवमा बढुवा भएर नेपाल कानून आयोगको सचिवमा पदस्थापन भएकी छन् ।
आयोगको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।
बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij