Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

सुन्दरीजलको बाढीमा फसेका ५ जनाको उद्धार

सुन्दरीजलको बाढीमा फसेका ५ जनाको उद्धार


  • 1.5K
    Shares

    सुन्दरीजलको बाढीमा फसेका ५ जनाको उद्धार

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले सोमबार बिहान उद्धार गरेको छ।

    आज बिहान काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए।

    नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए।  चारैतिरबाट बाढीले घेरेपछि उनीहरुले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए। 

    तिर्थालु नदीमा फसेको जानकारीपछि श्री चन्दननाथ गणबाट खटिएका सेनाका उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेका हुन्। 

    images
    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ०९:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij