Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

समाचार

भेरी नदीमा टिपरसँगै बेपत्ता तीन युवाको शव भेटियो

भेरी नदीमा टिपरसँगै बेपत्ता तीन युवाको शव भेटियो


  • 925
    Shares

    • images
    भेरी नदीमा टिपरसँगै बेपत्ता तीन युवाको शव भेटियो
    images

    काठमाडौं । गत साता टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ। 

    गत मगलबार (साउन ६ गते) रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा रा १ क १५०१ नम्बरको टिपर दुर्घटना भएर ठूलीभेरी नदिमा खस्दा तीनजना बेपत्ता भएका थिए। 

    दुर्घटनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विक बेपत्ता भएका थिए।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको शव सुर्खेतमा फेला परेको हो। 

    टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव केहि दिन अघि सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको हो भने शनवीरको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ। 

    प्रहरीका अनुसार यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको हो। 

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ०९:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij