Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नक्कली सुन देखाएर ठगेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ

नक्कली सुन देखाएर ठगेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ


  • 939
    Shares

    • images
    नक्कली सुन देखाएर ठगेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ
    images

    काठमाडौं ।  नक्कली सुन देखाएर ठगेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धि बहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् । 

    सुनको नक्कली बिस्कुट देखाएर आरोपीहरूले दुई जनाबाट २१ लाख ५० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन् । २०८१ फागुन २५ मा उनीहरूले एक जना पीडितलाई प्रतितोला १ लाख १० हजारमा सुन दिन्छौँ भनेर १२ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

    २०८२ जेठ २७ मा अर्का पीडितलाई भक्तपुरको पाण्डु बजारमा बोलाएर ९ लाख ५० हजार ठगी गरेको एसपी आचार्यले जानकारी दिएका छन् ।अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई साउन ९ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - १७:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij