२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बुद्ध एफसी टोरेस भेड्रास पोर्चुगलको आयोजनामा चौथो बुद्ध गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा २० देखि २५ टोली सहभागी हुने आयोजकले अपेक्षा राखेको छ।
पोर्चुगलमा आगामी भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको उपाधि विजेताले २५ सय २५ युरो पाउने छ भने उपविजेताले १५ सय १५ युरो प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र फेयर प्ले टोलीले पुरस्कार पाउने छन् भने प्रतियोगिताका लागि टिम दर्ता भइरहेको आयोजकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij