Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उपत्यकाका तीन सीडोओको बैठक बस्दै : निषेधाज्ञालाई थप कडाइ गरिने, पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

उपत्यकाका तीन सीडोओको बैठक बस्दै : निषेधाज्ञालाई थप कडाइ गरिने, पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ


  • 5.3K
    Shares

    उपत्यकाका तीन सीडोओको बैठक बस्दै : निषेधाज्ञालाई थप कडाइ गरिने, पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

    काठमाडौँ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक आज साँझ बस्दै छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरूको बैठक बस्न लागेको हो ।

    निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ । आज साँझ ६ बजे बैठक बस्ने जनाइएको छ ।

    उपत्यकामा निषेधाज्ञा लगाइए पनि सडकमा सवारीसाधनको भीड देखिएको छ । यस्तै, सर्वसाधारण पनि अन्य लडकाउनका दिनका तुलनामा उल्लेख्य रुपमा घरबाहिर देखिएका छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधको आदेशको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ ।

    सीडीओ पराजुलीका अनुसार दुई दिनपछि फेरि एक साताका लागि थप हुने निषेधको आदेश जारी हुँदा थप कडाइका गर्ने तयारी छ ।

    प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो ।

    यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ । साथै, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पनि बन्द गर्ने प्रशासनले निर्णय गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १६:०७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij