Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अपराध

सुतिरहेकी श्रीमतीलाई पूर्वसैनिकले गरे हत्या, छोराछोरी र प्रहरीलाई आफैं दिए जानकारी

सुतिरहेकी श्रीमतीलाई पूर्वसैनिकले गरे हत्या, छोराछोरी र प्रहरीलाई आफैं दिए जानकारी


  • 1.2K
    Shares

    • images
    सुतिरहेकी श्रीमतीलाई पूर्वसैनिकले गरे हत्या, छोराछोरी र प्रहरीलाई आफैं दिए जानकारी
    images

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।

    हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।

    वडाध्यक्ष कोइरालाले  भने, ‘मलाई आइतबार बिहानपख करिब दुई/सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो । मसँग श्रीमती मारेको कुरा गरेन । तर दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई भने फोन गरेर श्रीमती मारेँ भनेको रहेछ ।’

    उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

    वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो घरमा दानसिंहका बुवाआमा आएका थिए । राम्रैसँग गफगाफ गरेर खाना खाएर फर्किएका थिए ।

    बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।

    वडाध्यक्ष कोइरालाका अनुसार दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।

    उनले विगतमा मदिरा सेवन गर्ने गरे पनि एक हप्तायता मदिरा सेवन गर्न पनि छाडेका उनका आफन्तहरुबाट थाहा पाएको वडाध्यक्ष कोइराला बताउँछन् ।

    तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । ‘श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले मलाई केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ भन्छ,’ वडाध्यक्ष कोइरालाले भने, ‘हत्यापछि उसले छोराछोरी आफन्त र प्रहरीलाई फोन गरेर मैले मारेँ भनेको रहेछ ।’

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०९:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij