Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?


  • 883
    Shares

    • images
    मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?
    images

    मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

    आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ।

    आज रातमा: कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०५:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij