Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मिनिरल वाटरमा हानिकारक तत्व भेटियो, ५ खानेपानी उद्योगमाथि प्रतिबन्ध

मिनिरल वाटरमा हानिकारक तत्व भेटियो, ५ खानेपानी उद्योगमाथि प्रतिबन्ध


  • 1.5K
    Shares

    • images
    मिनिरल वाटरमा हानिकारक तत्व भेटियो, ५ खानेपानी उद्योगमाथि प्रतिबन्ध
    images

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँचवटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ।

    नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई आजैदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

    चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनियालगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

    प्रतिबन्ध लगाइएका उद्योगहरूमा जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर, झौखेल खानेपानी, कर्णाली खानेपानी र भक्तपुर खानेपानी उद्योग छन्।

    गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमन समितिका सदस्य सन्तोषी नेपाली, वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, विभिन्न विषयगत समितिका प्रतिनिधिलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको स्थलगत निरीक्षण गरेको थियो।

    अनुगमनका क्रममा खानेपानीको उत्पादनमा समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा ध्यान नदिएको पाइएपछि पानीको नमुना संकलन गरी परीक्षणका लागि पठाएको थियो।

    नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाइएको छ। झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन्।

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ०५:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij