Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कपिलवस्तु र मोरङमा आगलागी, धनमाल जलेर नष्ट

कपिलवस्तु र मोरङमा आगलागी, धनमाल जलेर नष्ट


  • 1.2K
    Shares

    • images
    कपिलवस्तु र मोरङमा आगलागी, धनमाल जलेर नष्ट
    images

    काठमाडौं । कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

    कपिलवस्तुस्थित शिवराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित भवनको पहिलो तलामा सञ्चालित लुम्बिनी विकास बैंक र दोस्रो तलामा रहेको स्काई फेसन गार्मेन्टमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका-२ देवीगंजस्थित तुलसीराम तिमल्सिनाको गोठ र नजिकै रहेको भान्साघरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १० २०८२ शनिवार - १६:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij