Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले गरे आफ्नै प्रेमिकाको निर्मम हत्या

लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले गरे आफ्नै प्रेमिकाको निर्मम हत्या


  • 1.8K
    Shares

    • images
    लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले गरे आफ्नै प्रेमिकाको निर्मम हत्या
    images

    रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा घटेको एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले आफ्नै प्रेमिकाको निर्मम हत्या गरेका छन्।

    ती पुरुष विवाहित मात्रै थिएनन् दुई सन्तानका बुवा थिए। तर उनी अर्की किशोरीसँग वैवाहिक सम्बन्धबाहिरको जीवन बिताइरहेका थिए। अन्ततः त्यो सम्बन्ध हत्या र आत्मसमर्पणमा पुगेको छ ।

    बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको सलले घाँटी कसेर हत्या गरेका हुन्। निर्मला दैलेखकी स्थायी बासिन्दा थिइन् र नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन्। उनीहरू नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए।

    प्रकाश भने नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेनका रूपमा कार्यरत थिए। हत्या भएको स्थान प्रकाश र निर्मला सँगै बस्ने डेरा थियो। घटनापछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरेर आफूले हत्या गरेको जानकारी दिएका थिए। त्यसपछि उनी राति २ बजे प्रहरी कार्यालय जान लागेको खबर दिएर फरार हुन खोजेका थिए। तर जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्जको धम्बोझी नजिकबाट पक्राउ गरेको हो।

    प्रहरीले डेरामा पुगेर निर्मलाको शव बरामद गर्‍यो र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पुर्‍याइयो । शनिबार मात्रै मृतक युवतीको परिवारको सल्लाहमा शवको पोष्टमाार्टम भएको छ र परिवारको जिम्मा लगाइएको छ।

    प्रकाश विवाहित थिए। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा बस्दै आएका छन्। तीन वर्षदेखि उनी निर्मलासँग लिभिङ टुगेदरमा थिए। यस्तो सम्बन्धलाई उनले प्रहरीसमक्ष बयान दिने क्रममा ’कान्छी श्रीमती’ को रुपमा सम्बोधन गरेका छन्।

    तर कुनै पनि कानुनी र धार्मिक मान्यताअनुसार यस्तो सम्बन्ध वैध थिएन। प्रेमिका भनिएकी निर्मला थापासँग विवाह भएको प्रमाण छैन, न त पारिवारिक सहमति। प्रकाशको यस्तो दोहोरो जीवनशैलीले धेरैखाले जटिलता र अन्ततः हिंसात्मक परिणतिको रूप लिएको अहिले सामाजिक सन्जालमा बहस भइरहेको छ।

    उनको हत्या किन भयो ? यसबारे प्रहरी अझै अनुसन्धानमै छ। प्रारम्भिक अनुसन्धान अनुसार, हत्या हुनुमा मानसिक तनाव, व्यक्तिगत ईर्ष्या वा पारिवारिक दबाब हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि एकिन कारण खुलेको छैन। प्रकाशले कुनै विस्तृत कारण नखुलाएको प्रहरी बताउँछ।

    बाँके प्रहरीका सूचना अधिकारी डीएसपी दीपक पतालीका अनुसार अभियुक्त प्रकाशले निर्मलालाई कान्छी श्रीमती भनेका छन्। तर हत्या गर्नुको ठोस कारण खुल्न बाँकी छ। अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।

    ‘हत्याको घटना स्वीकारेका व्यक्तिले प्रहरीसँग कान्छी श्रीमति भएको स्वीकार गरेका छन् तर त्यसको कुनै कानुनी प्रमाण हामीसँग छैन, आज मृतकको परिवारको तर्फबाट जाहेरी आएको छ, शव पोष्टमार्टम भएको छ, हामी अनुसन्धानमै छौं’ पतालीले भने ।

    प्रकाशित मिति :श्रावण १० २०८२ शनिवार - १४:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij