Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित


  • 1.7K
    Shares

    विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

    काठमाडौँ  । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पुर्वराष्ट्रपति विद्या भण्डारी समुहको विवाद अब सतहमा आउन शुरु भएको छ । भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित गरेसँगै अब केन्द्रमा देखिएको ओली र भण्डारी समुहको विवाद तल्लो तहमा देखिन लागेको हो  ।

    राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

    रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।

    संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।

    खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेको आरोप लगाइएको छ ।

    खरेलले इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।

    प्रकाशित मिति :श्रावण १० २०८२ शनिवार - ०८:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij