२०८२ भाद्र ११ गते बुधवार
राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक शिक्षक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी बिहीबार साँझदेखी परिवारजनसँग सम्पर्कबिहीन भएका थिए । उनका आफन्तले इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कलयाणपुरमा निवेदन दिएपछी खोजतलासका क्रममा रायको मृत शरीर घरबाट करिब ५ सय मिटर टाढा रहेको कोशी नहरको छेउमा बिहान ६ः३० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
शिक्षण पेशामा लागेका रायको मृत्यु रहस्यमय रहेको भन्दै परिवारजन र स्थानीयले उक्त घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij