२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई आज हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्ने भएको छ।
कम्पनीले कुल ७० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्ने भएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्ने छ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij