Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ जडान गर्ने

मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ जडान गर्ने


  • 953
    Shares

    • images
    मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीले  डिप बोरिङ जडान गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताएका छन् । शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको समस्या कम गर्न पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अव दीर्घकालीन र तत्कालीन उपाय अवलम्बन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिए ।

    उनले हवाई उडानमार्फत महोत्तरी आउँदा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित मधेसका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने धारणा राखे । त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका थिए । मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १६:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij