२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । केही दिनअघि सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन महिलाको गेटअपमा देखिएका छन् । फिल्म ‘गुन्यु चोलो: द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ अहिले चर्चामा रहेको छ । जसको गेटअफ र अभिनयको तारिफ भइरहेको छ ।
लेखु सहयात्रीको शब्द रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनिषा पोखरेलको स्वर रहेको छ । संगीत लेखु सहयात्रीले दिएका हुन् । फिल्म भदौ १३ गतेबाट रिलिज हुने भएको छ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।
फिल्ममा नाजिरको अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय रहेको छ ।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानीमा बनेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij