Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पत्रकार सम्मेलन

विद्या भण्डारीले भनिन्- पदको लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन

विद्या भण्डारीले भनिन्- पदको लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन


  • 771
    Shares

    • images
    विद्या भण्डारीले भनिन्- पदको लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।

    एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

    उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् । उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’

    पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

    उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन।’

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १५:१३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij