Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु

चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु


  • 8.9K
    Shares

    चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु

    चितवन । चितवनमा सोमबार एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी०मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज (सीएमए)समा एकजनाको मृत्यु भएको हो ।

    चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको कार्यालयले जनाएको छ ।

    जिल्लाका विभिन्न अस्पतालमा गरेर ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना छन् ।

    जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् ।

    जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड संक्रमितका लागि छुट्टाइएको छ ।

     

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १५:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij