Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, अभद्र व्यवहार गरेको आरोपमा एकै परिवारका तीन भारतीय पक्राउ

अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, अभद्र व्यवहार गरेको आरोपमा एकै परिवारका तीन भारतीय पक्राउ


  • 1.4K
    Shares

    • images
    अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज,  अभद्र व्यवहार गरेको आरोपमा  एकै परिवारका तीन भारतीय पक्राउ

    काठमाडौं । तनहुँको व्यास नगरपालिकामा अनुगमनका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

    व्यास नगरपालिका–३, तरकारी लाइनमा प्लाष्टिक झोलाको अनुगमनका क्रममा पिन्टु (काले) किराना पसलका सञ्चालकले जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार गालीगलौज गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवाहित शाह, मायादेवी शाह र राजु शाह छन् । तिनै जना भारतीय नागरिक रहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरु लामो समयदेखि उक्त ठाउँमा पसल गर्दै आएका थिए ।

    प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १४:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij