Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, अभद्र व्यवहार गरेको आरोपमा एकै परिवारका तीन भारतीय पक्राउ

अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, अभद्र व्यवहार गरेको आरोपमा एकै परिवारका तीन भारतीय पक्राउ


  • 1.1K
    Shares

    • images
    अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज,  अभद्र व्यवहार गरेको आरोपमा  एकै परिवारका तीन भारतीय पक्राउ
    images

    काठमाडौं । तनहुँको व्यास नगरपालिकामा अनुगमनका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

    व्यास नगरपालिका–३, तरकारी लाइनमा प्लाष्टिक झोलाको अनुगमनका क्रममा पिन्टु (काले) किराना पसलका सञ्चालकले जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार गालीगलौज गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवाहित शाह, मायादेवी शाह र राजु शाह छन् । तिनै जना भारतीय नागरिक रहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरु लामो समयदेखि उक्त ठाउँमा पसल गर्दै आएका थिए ।

    प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १४:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij