Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भक्तपुरमा मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो

भक्तपुरमा मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो


  • 862
    Shares

    • images
    भक्तपुरमा मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो
    images

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

    बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल ९१५० र सिर्जना कँडेल ९१३० को शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल पठाइएको हो ।

    राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमाटर्ममका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।

    पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ । मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १२:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij