Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

चौथो ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ हुने, भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटमा

चौथो ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ हुने, भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटमा


  • 1.0K
    Shares

    चौथो ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ हुने,  भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटमा
    images

    काठमाडौं । ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करण सुरु भएको छ । आयोजक शुभकामना मिडिया सोलुसनले एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो ।

    तिजलाई लक्षित गीतसंगीत र त्यसका सृजनालाई समेटेर आयोजना हुने अवार्डमा विभिन्न विधाका स्रष्टा र उनीहरूको सिर्जनालाई अवार्ड प्रदान गरिने भएकोछ । अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले यो पटक अवार्डमा २२ विधामा स्रष्टा र उनीहरूको सृजनालाई पुरस्कृत गरिने बताइन् ।

    कार्यक्रममा साङ्गीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पुर्‍याउने तीन नारी ‘त्रिदेवी सङ्गीत सम्मान’द्वारा सम्मानित हुने छन् । आगामी भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटमा आयोजना हुने अवार्डमा तिज फेस्टिभल समेत आयोजना हुने पोखरेलले जानकारी दिइन् ।

    अवार्डका लागि साउन ३१ गतेसम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान राखिएको छ । । आवेदन फर्म एभेन्टोज डटकम मार्फत भर्न सकिने आयोजनले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १२:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij